गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, आज कति थपिए संक्रमित ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तनहुँ रिसिङ गाउँपालिका ६ की ८२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको निर्देशनालयले जनाएको छ। यो सगैँ प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।सोही समयमा १४६ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २३ जना, म्याग्दीका ३, लमजुङका १,तनहुँका २ र पर्वतका ६ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ६७१ पुगेको छ भने निको हुनेको संख्या ९९हजार ४८२ रहेको छ ।

हाल प्रदेशमा ७२५ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ७१३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १६:३९ प्रकाशित