एमसीसीलाई धेरै अल्झाएर राख्नुहुदैँन, अब वार कि पार गरौं :महामन्त्री थापा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीलाई अब पनि अल्झाएर राख्न नहुने बताएका छन् । उनले अब यसलाई वार कि पार गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने,‘एमसीसीलाई अब धेरै समय अल्झाएर राख्न हुदैँन, ‘पास भए पास, फेल भए फेल होस्, कति दिन छलफल गर्नुपर्छ, गरौं । यही कुरा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत भन्नुभएको छ ।’

एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै त्यसपछिका सबै सरकारको पालामा यसबारे केही न केही काम अघि बढेको प्रस्ट पारे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमसीसी परियोजना स्वीकृत गरिएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यसलाई अघि बढाइएको उल्लेख गर्दै थापाले त्यसपछि बल्ल यो सम्झौताका केही बुँदा संशोधन गर्नुपर्छ भन्ने कुरा आएको जनाए ।

तर, उक्त सम्झौता नेपालले मात्र चाहेर संशोधन नहुने अवस्था रहेकाले यसका लागि विवादित भनिएका केही बुँदामा स्पष्टिकरण सोधिएको पनि उनले प्रस्ट पारे ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १४:३३ प्रकाशित