सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता

गुरुङ र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा सदस्य रुद्रप्रसाद सुवेदी च्वाइ, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका महासचिव मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, नेपाल रेडक्रस सोइटी उपशाखा– १ वगरकी सभापति तथा केन्द्रकी सल्लाहकार जिवन अधिकारी, रक्तदाता स्वयम्सेवी समाज नेपालका अध्यक्ष जीतेन्द्रमान शाक्य, लागु पदार्थ समाज सुधार नेपाल आम समूहकी अध्यक्ष विष्णु गुरुङ, नमुना आम समूहकी अध्यक्ष राधा मानन्धर लागायतले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामभूषण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कृष्णबहादुर तामाङले स्वागत र कार्यसमिति सदस्य दुर्गादत्त आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १४:०८ प्रकाशित