काठमाडौं ।
एससीसीमा सत्तारुढ गठबन्धनभित्र सहमति जुट्न सकस भएपछि प्रधानमन्त्री शेरबहादुर वैकल्पिक गठबन्धन बनाउन तयार भएको बताइएको छ ।देउवा अहलिे नेकपा एमालेको समर्थन खोजेका छन्सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति जुटाउन सकस परेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका हुन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि साथ नदिए गठबन्धन तोडेरै पनि एमसीसी संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाको तयारी छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले वैकल्पिक गठबन्धनका लागि पहल थालेका हुन् । यसका लागि एमाले नेतृत्वसँग संवाद गर्ने जिम्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वरक्षामन्त्री डा। मिनेन्द्र रिजाललाई दिइएको छ ।
अहिले बस्न लागेको गठबन्धनको बैठकमा सहमति भएन भने वैकल्पिक गठबन्धनको तयारी अगाडि बढ्ने कांग्रेस नेताको दाबी छ ।