गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाडौं आइपुगेको हो ।

जहाज आजै बेलुकासम्म काठमाडौंबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् ।

  • ५ फाल्गुन २०७८, बिहीबार १६:४७ प्रकाशित