देउवा-प्रचण्ड भेटपछि गठबन्धनको बैठक २ घण्टा पछि सारियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक २ घण्टा पछि सारिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

अब बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् ।

गठबन्धनको बैठकमा आज सहमति जुटाएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने सरकारको तयारी छ । त्यसैले आजको गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार १३:०५ प्रकाशित