माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकार छोड्न डा. भट्टराईको चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सत्ताबाट बाहिरिन चेतावनी दिएका छन् ।

ति दलले एमसीसीको विरोध गरेको तर्फ लक्षित गर्दै समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने भन्दै सत्ताबाट बाहिरिन चेतावनी दिएका हुन् ।

एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर पूर्वप्रधानमन्त्री भट्टराईलेगरे। ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन’, डा . भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको तरपनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।

  • ४ फाल्गुन २०७८, बुधबार ०८:०१ प्रकाशित