काठमाडौं ।
नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।
काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।
भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ।