माओवादी संसदीय दलको बैठक भोलि(बुधबार) बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार दिउँसो १ बजे संसद बैठक बस्नु अघि समसामयिक विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकको तयारी गरिएको बताए ।

संसद्मा सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगका विषय छलफलमा प्रस्तुत गर्ने बताइएको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार १६:४८ प्रकाशित