गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, कति संक्रमण मुक्त, कति थपिए (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप दुई संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्की महानगर १४ का ८८ वर्षीया महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का ८२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

दुवै संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९८ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १२१जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २३ जना, म्याग्दीका ३, लमजुङका ४, तनहुँका २, नवलपरासीका १, स्याङ्जाका ४, पर्वतका ६ र बागलुङका ५ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ५६४ पुगेको छ भने निको हुनेको संख्या ९९हजार १५४ रहेको छ ।

हाल प्रदेशमा ९४९ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ९२७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

 

  • ३ फाल्गुन २०७८, मंगलवार १६:२३ प्रकाशित