भोलि एमसीसी संसदमा पेस हुने !

केन्द्रभाग मिडिया

काठमाडौं।

अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसी भोलि संसदमा टेबल हुनसक्ने काँग्रेस नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेसको आज बसेको संसदीय बैठकमा एमसीसीबारे गहन छलफल गर्दै भोली संसदमा पेश गर्ने तयारीमा काँग्रेस नेताहरू रहेका छन् । काँग्रेसका नेताहरुले एमसीसीको पक्षमा मतदान गर्ने भएका छन् । कांग्रेस नेता डा। शशांक कोइराला, रामशरण महत, सुजाता कोइरालालगायतले प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका हुन्।

एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको नेताहरुले बताएका छन् । एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल भएको । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले नाफा घाटा नहेरी एमसीसी पारित गनुृपर्ने आजको बैठकमा बताएका छन् ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार १५:२९ प्रकाशित