गौतम गोत्रीय तिवारी बन्धुको कुल पूजा रोकियो

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा न नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको हुने भनिएको कुल पूजा रोकिएको छ । फागुन ५ र ६ गतेका लागि पूर्वनिर्धारित कुल पूजा जुठो परेकोले रोकिएको हो ।

कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद जैशी तिवारीको संयोजकत्वमा मुल समिति र ७ उप–समिति गठन गरि पुजाको तयारी गरिएको थियो ।त्यस्तै उपसमिति अन्तर्गत आर्थीक व्यवस्थापन, प्रचारप्रचार, पूजा व्यवस्थापन, विधान मस्यौदा, जग्गा व्यवस्थापन, बंशावली समिति गठन गरिएको छ ।

गौतम गोत्रीय गंगाराम तिवारीका सन्ततीहरुको कुल पूजा साविकको माझठाना गाविस हुदै आएकोमा यस पटक व्यवस्थित रुपमा पुजा संचालन गर्ने गरि तयारी भएको थियो ।

कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने बिस्वाश रहेको छ ।

कास्की, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही बर्दीया, लमजुङ, झापा लगायतका देशका विभिन्न जिल्लाबाट तिवारी बन्धुहरु पूजामा सहभागी हुने गरेका छन् । विगतका कुल पूजामा भारतबाट समेत सहभागी आउने गरेको इतिहास छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार १५:१० प्रकाशित