गण्डकी अपडेटः आज कति सन्चो भए, कति संक्रमित थपिए (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१८८ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २३८ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २० जना,मनाङका ७, म्याग्दीका ६,लमजुङका ११, तनहुँका ४, नवलपरासीका ७, स्याङ्जाका ९, पर्वतका २ र बागलुङका ८ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ५१६ पुगेको छ भने निको हुनेको संख्या ९९हजार ३३ रहेको छ ।

हाल प्रदेशमा १ हजार २४ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ९९५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ४५९ जनाले ज्यान गुमाइसकेका छन् ।

  • २ फाल्गुन २०७८, सोमबार १६:४० प्रकाशित