एमाले संसदीय दलको बैठक केहीबेरमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ ।

एमालेले आजको संसदीय दलको बैठकपछि सर्वोच्चका अन्य चार न्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताइएको छ।

  • २ फाल्गुन २०७८, सोमबार १०:२५ प्रकाशित