चुनावको अघिल्लो दिनसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगको अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेहरुले भोट हाल्न पाउने भएका हुन् ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको तयारी छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने बताए ।आयोगको सो निर्णयअनुसार करिब दुई लाख युवाले भोट हाल्न पाउने अनुमान गरिएको छ।

आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन तोकिएको मिति मान्दा मतदाता संख्या एक करोड ७९ लाख पुग्ने अनुमान गरिएको प्रवक्ता शर्माले बताए ।

  • २ फाल्गुन २०७८, सोमबार १०:१५ प्रकाशित