महाभियोगबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अचानक संसदीय दलको बैठक बोलाएको छ।

सत्तापक्षले अचानक प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको हो ।एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौं बोलाएको छ ।

महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न सोमबार दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।नेम्वाङले आज साँझ ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

  • १ फाल्गुन २०७८, आईतवार १३:२८ प्रकाशित