मन्त्रिपरिषदलाई भोलि पूर्णता दिदैँ देउवाः यी नेता मन्त्री भन्ने पक्का !

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेको बताइएको छ।

रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको बताइएको छ। स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले हिजो सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गरेका छन्।

प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनमा सघाएका कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा एक जनालाई मन्त्री बनाउने बताइएको छ।

स्रोतका अनुसार सिंहको सिफारिसमा सुजाता कोइराला र राजन केसीमध्ये कुनै एक जना मन्त्री बन्ने निश्चित छ। रक्षामन्त्रीबारे भने अझैँ टुंगो लागि नसकेको स्रोतको भनाइ छ।

रक्षा मन्त्रालयलाई देउवा आफैले राख्न सक्ने बताइएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा हारेपछि तत्कालीन रक्षामन्त्री डा। मीनेन्द्र रिजालले गत पुस १ गते पदबाट राजीनामा दिएका थिए।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि तत्कालीन उद्योगमन्त्री गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिएका थिए।

  • १ फाल्गुन २०७८, आईतवार १०:४५ प्रकाशित