प्रचण्ड-माधवमाथि ओलिको व्यंग्य: भने,‘चुनावमा के गर्लान विचराहरु, भाग्न उम्किने ठाउँ भए खोजे हुन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालमाथि व्यंग्य गरेका छन् ।

उनले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउने दाबी गर्दै प्रचण्ड र नेपालमाथि व्यंग्य गरेका हुन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ ।

अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु ?’ ओलीको भनाइ छ । उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’

यस्तै ओलीले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए ।

  • २८ माघ २०७८, शुक्रबार १४:१२ प्रकाशित