तुलसीपुरको चप्पल गोदाममा भएको भिषण आगलागीमा परेर पाँच जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

तुलसीपुर ।
जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गुमेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गुमेको हो ।
मध्यराती भएको आगलागीमा परि ५ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मध्यरातमा लागेको आगो पूर्ण रूपमा विहान मात्र नियन्त्रणमा आएको छ ।

ज्यान गुमाउने १० बर्षीय एक बालक, १५.१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

 

  • २८ माघ २०७८, शुक्रबार ०७:५८ प्रकाशित