स्थानिय तहको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छः शशांक कोइराला

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले स्थानिय तहको निर्वाचनमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठकमा पूर्व महामन्त्री समेत रहेका कोइरालाले कांग्रेसले गठबन्धन नगरी चुनाव लड्नुपर्ने धारण राखेका हुन् ।

बैठकको सुरुवातमा उनले गठबन्धन र स्थानीय तहको निर्वाचन वारे धारण राखेका थिए ।

कांग्रेसले आफ्नो अस्थित्व जोगाउन पनि गठबन्धन गरेर निर्वाचन लड्न नहुने उनको तर्क छ ।

  • २७ माघ २०७८, बिहीबार १७:२८ प्रकाशित