माओवादीको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रभाग मिडिया

काठामाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ गतेबाट बस्ने तय भएको बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने बताइएको थियो ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ ।महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमानले नै दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको छ ।

  • २७ माघ २०७८, बिहीबार १६:३३ प्रकाशित