राप्रपाको पदाधिकारी बैठक आज बस्दैः यस्तो छ अध्यक्ष लिङदेनको रणनीति

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पदाधिकारी बैठक बस्दै छ ।

धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले बताए ।

उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने उनले बताए ।

पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछिपार्टीमा थप क्षति हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनको रणनीति छ ।

थापाले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य थालेपछि उनीनिकट नेताले राप्रपा परित्याग गर्ने क्रम भने जारी छ।

  • २७ माघ २०७८, बिहीबार १०:०२ प्रकाशित