एसईई परीक्षा वैशाख ९ गतेदेखि (रुटिनसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुन लागेको जनाएको छ ।यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान छ ।

बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ परीक्षा तालिका

  • २७ माघ २०७८, बिहीबार ०९:२६ प्रकाशित