गण्डकी अपडेट : आज पनि ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको ज्यान गएको छ ।

ज्यान जानेमा म्याग्दीका १,तनहुँका १, पर्वतका १ र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक ४ मध्ये तीन जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४५२ पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा १४८ जना संक्रमित थपिएका छन् । भने ५१६ जना निको भएका छन् ।

४५२ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका ७५,गोरखाका ३,मनाङका १, मुस्ताङका १, म्याग्दीका १०, लमजुङका ६, तनहुँका १४, नवलपरासीका ५, बागलुङका ६, पर्वतका ५ र स्याङ्जाका २२ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ९४६ पुगेको छ भने निको हुनेको संख्या ९७ हजार १ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८२ हजार ४१८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २४९३ सक्रिय संक्रमित रहेका छन् ।

  • २५ माघ २०७८, मंगलवार १६:३१ प्रकाशित