राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

केन्द्रभाग मिडिया

मकवानपुर ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग भएका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।

थापाले हिजो मात्रै आफ्नो पक्षको भेला आयोजना गरी स्थानीय चुनावको घोषणासम्म माग सुनवाइ नभए पार्टी छोड्ने सन्देश दिएका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा छन् ।

  • २५ माघ २०७८, मंगलवार १३:५९ प्रकाशित