दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वानः कसले दिन पाउँछन् दरखास्त ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुलाएको छ। सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।

३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् ।

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ ।

  • २५ माघ २०७८, मंगलवार १०:४२ प्रकाशित