काठमाडौं ।
एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्न भनेरर लेखेको पत्रबारे छानबिनको माग गरेका छन् । देउवा र प्रचण्डले असोज १३ गते लेखेको पत्रबारे संसदीय समितिले छानबिन गरि कारबाही गर्नुपर्ने रावलको भनाई छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको टिप्पणी गरे ।
एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो,ु उनले थपे, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिनमात्रै होइन‚ दण्डित हुन्थ्यो ।