मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलित अनेरास्ववियु र प्रहरीबीच झडप

केन्द्रभाग मिडिया

बुटवल ।

बुटवलमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। झडपमा ५ जना कार्यकर्ता घाइते भएको बताइएको छ । पेट्रोलियम पदार्थको मूल्य महिनैपिच्छे वृद्धि भएपछि सर्वसाधरण मारमा परेका छन् । मुल्य वृद्धि फिर्ताको विरोधमा विभिन्न विद्यार्थी संगठनले देशभरि नै आन्दोलन तथा विरोध प्रर्दशन गर्दै आइरहेका छन् ।

  • २४ माघ २०७८, सोमबार १३:४१ प्रकाशित