बाबुराम भट्टराईको चेतावनी :‘एमसीसी गिजोलिदैँछ, अति गरे खति हुन सक्छ’!

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी समयमै पारित नभए गम्भीर परिणाम आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

भट्टराईले ट्विट गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘एमसीसी जुन ढंगले गिजोलिदैँछ, त्यसको परिणाम गम्भीर हुन सक्छ । अति गरे खति हुन्छ है !’

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष समेत गरेका छन् । उनले प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् , ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद बाहिर माओवाद । नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन।

  • २४ माघ २०७८, सोमबार १०:०८ प्रकाशित