प्रदेश १ :फेरि फुटाइयो मन्त्रालय, को– को बन्दैछन् मन्त्री?(मन्त्री र मन्त्रालयको नामसहित)

केन्द्रभाग मिडिया

विराटनगर ।

सत्तारुढ दल नेपाली काँग्रेसले पाँच वटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएको छ।

दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको हो। गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ पुर्‍याइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ ।

आजै आठ जना मन्त्रीहरुले शपथ ग्रहण समेत गर्ने भएका छन् । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई मुख्यमन्त्री राजेन्द्र राईले चार वटा मन्त्रालय दिने तयारी गरेका थिए ।

को–को बन्दैछन् मन्त्री ?

पदेश १ मा माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्ने निश्चित भएको छ । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु, उपेन्द्र घिमिरेको नाम फाइनल भएको छ ।

नेपाली कांग्रेसले प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापाको नाम अघि सारेको छ ।आज नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन(तीन र माओवादी केन्द्रबाट दुई जनाले मन्त्रीको शपथ ग्रहण गर्नेछन् ।

यी हुन् प्रदेश १ का मन्त्रालयहरु

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२.आर्थिक मामिला तथा योजना मन्त्रालय
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५. खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६. सामाजिक विकास मन्त्रालय
७. स्वास्थ्य मन्त्रालय
८. उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९. वन, वातावरण तथा भू(संरक्षण मन्त्रालय
१०. संस्कृति तथा पर्यटन मन्त्रालय
११. कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२. भूमि तथा यातायात व्यवस्था मन्त्रालय
१३. सञ्चार तथा सहकारी मन्त्रालय

  • २३ माघ २०७८, आईतवार ०९:३३ प्रकाशित