हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु

केन्द्रभाग मिडिया

सुर्खेत ।

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको ज्यान गएको छ ।

जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा ३८ वर्षीय जैकुवाँरा शाही रहेको बताइएको छ।

यही माघ २० गतेदेखि परेको हिमपातबाट उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।गाउँकै पाटनमा सेतक चिनी कोर्न गएको बेला उनको यही माघ २१ गते मृत्यु भएको हो ।

  • २३ माघ २०७८, आईतवार ०९:१९ प्रकाशित