पोखरा ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।