राष्ट्र बैंकले माग्यो सात लाख बढी कारोबार गर्नेहरुको सूची

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकले देशभरिका बैंक एवं वित्तीय संस्थाहरुसँग ७ लाखभन्दा बढी कारोबार गर्नेहरुको सूची मागेको छ। नियमित प्रक्रियाअन्तर्गत ७ लाखभन्दा माथि कारोबार भएकाहरुको सूची राष्ट्र बैंकले मागेको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।राष्ट्र बैंकले नियमित प्रक्रियाअन्तर्गत ७ लाख बढीको कारोबार भएकाहरुको सूची मागेको हो ।

पछिल्लो समय नेपालबाट भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी र हाइपर फन्डमार्फत् नेपाली पैसा विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले निगरानी बढाएको छ। हाइपर फन्डमा नेपालीहरुको ठूलो समूह सक्रिय रहेको भन्दै राष्ट्र बैंकले मिहीन ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

  • २० माघ २०७८, बिहीबार १६:२४ प्रकाशित