एकै दिन १२ संक्रमितको मृत्‍यु, ३,६३७ जना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । देशका विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

  • १९ माघ २०७८, बुधबार १६:४७ प्रकाशित