देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, यी विषयमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। छलफलमा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर खड्का पनि सहभागी थिए।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० पारित गर्ने तयारीमा जुटेका छन्। तर, एमसीसीबारे भने सत्तागठबन्धनभित्र विवाद चुलिएको छ। प्रधानमन्त्री देउवा एमसीसी संसद‍्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छन्।

  • १९ माघ २०७८, बुधबार १५:१० प्रकाशित