निर्वाचन जेठ ४ मै गर्नुपर्छः एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं।

समयमै निर्वाचनको माग गर्दै आएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मै चुनाव गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

  • १९ माघ २०७८, बुधबार १४:४७ प्रकाशित