गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार थप १ संक्रमितको मृत्यु भएको छ।

ज्यान जानेमा कास्की अन्नपूर्ण गाउँपालिका ४ की ८४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३५ संक्रमित थपिएका छन् । भने ४२८ जना निको भएका छन् ।९५६ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका २४३, गोरखाका ७, गोरखाका ७,मनाङका १, मुस्ताङका ३, म्याग्दीका १९,लमजुङका २८, तनहुँका २६, नवलपरासीका १८, बागलुङका २८,पर्वतका ५ र स्याङ्जाका ५७ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ हजार ५८२ पुगेको छ भने निको हुनेको संख्या ९१ हजार ८८१ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७८ हजार ७३८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ६ हजार २६२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार १९२ जना होम आइसोलेसनमा रहेका छन् ।

  • १८ माघ २०७८, मंगलवार १६:१८ प्रकाशित