एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

लामो समयदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेकै अवरोधको कारण पनि संसद बैठक बस्न सकिरहेको छ ।

एमालेले पार्टी फुटाउनमा सभामुखले भुमिका खेलेको भन्दै सभामुखको राजीनामा साथै पार्टीले कारबाही गरेका सांसदको सूची टाँस गर्न माग गरिरहेको छ।

यता एमसीसी पारितको विषय पेचिलो बन्दै गइरहेको बेला सत्ता गठबन्धन तोडे एमाले एमसीसी पारित गर्न तयार हुने भन्ने चर्चा चलिरहेको बेला एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोधको विषयमा एमालेका मागको सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने प्रष्ट पारेका छन् ।

महासचिव पोखरेलले त्यसको खण्डन गर्दै भ्रम नछर्न आग्रह समेत गरेका छन् ।

  • १८ माघ २०७८, मंगलवार १४:३३ प्रकाशित