सञ्चारमन्त्री कार्कीको गाडी रोकेर अनेरास्ववियूले देखायो कालो झण्डा

केन्द्रभाग मिडिया

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बीच बाटोमा रोकेर अनेरास्ववियूले कालो झण्डा देखाएको छ।

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै प्रर्दशनमा उत्रेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि कार्कीलाई कालो झण्डा देखाएको हो ।

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार समेत गरेका थिए ।एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।

  • १८ माघ २०७८, मंगलवार १३:२१ प्रकाशित