खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले पछिल्लो समय खोप कार्ड अनिवार्य गर्न गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।

सरकारले पछिल्लो समय खोप कार्ड बिना सार्वजनिक स्थल, सपिङ मल, रेष्टुरेन्ट लगायतका स्थानमा प्रवेशमा रोक लगाएको छ । यसले खोप कार्ड नभएका नागरिकलाई सेवा बाट बञ्चित हुनुपरेको र सरकारको यस्तो निर्णय गैरकानुनी रहेको निवेदनमा उल्लेख गरिएको छ।

यो निर्णयलाई राष्ट्रिय मानव अधिकार आयोगले समेत मानव अधिकार उपभोगमा असर गर्ने काम भनेको स्पष्ट गरिएको छ । सो निर्णय उत्प्रेषणको आदेशले बदर भागी भएकाले बदर गरी इच्छुक सबै नेपाली नागरिक र व्यक्तिलाई सहजताका साथ खोप उपलब्ध गराउनु भन्ने परमादेश लगायत आवश्यक आदेश दिन माग गरिएको छ ।

  • १८ माघ २०७८, मंगलवार १३:०३ प्रकाशित