काठमाडौं ।
हाल २० मुलुक राजदुत बिहीन रहेको छ। लामो समयदेखि राजदूत रिक्त रहेपछि प्रधानमन्त्री देउवालाई राजदूत नियुक्तिको लागि दबाब बढेको छ ।
दबाब बढेसँगै देउवाले राजदूत सिफारिसका लागि चाँडोभन्दा चाँडो नाम दिन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्।
राजदूत सिफारिसका लागि सत्तासाझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीबीच पटक-पटक छलफल भइसके पनि निर्णय हुन सकेको छैन। राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट ७ जनालाई राजदूत नियुक्त गर्न लागिएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेछ।