फागुन ५ र ६ मा गौतम गोत्रीय तिवारी बन्धुको कुल पूज हुने

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की जिल्ला पोखरा महनगरपालिका वडान नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको कुल पूजा फागुन ५ र ६ गते हुने भएको छ ।

कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद जैशी तिवारीको संयोजकत्वमा मुल समिति र ७ उप–समिति गठन गरि पुजाको तयारी गरिएको प्रचार प्रसार उप–समितिका सदस्य जिवन तिवारीले जानकारी दिए । त्यस्तै उपसमिति अन्र्तगत आर्थीक व्यवस्थापन, प्रचारप्रचार, पूजा व्यवस्थापन, विधान मस्यौदा, जग्गा व्यवस्थापन, बंशावली समिति गठन गरिएको छ ।

मन्दिरलाई थप व्यवस्थीत गर्न ८ आना जग्गा खरिद गरि मन्दिरको पुनःनिर्माण साथै कुल भवन निर्माण गरिने मुल समितिले जनाएको छ ।

गौतम गोत्रीय गंगाराम तिवारीका सन्ततीहरुको कुल पूजा साविकको माझठाना गाविस हुदै आएकोमा यस पटक व्यवस्थित रुपमा पुजा संचालन गर्ने गरि तयारी भइरहेको छ ।

६–६ वर्षमा हुने कुल पुजामा उपस्थित हुनका लागि देश विदेशमा रहेका सबै गौतम गोत्री तिवारीलाई उपस्थितिका लागि उनले आग्रह गरे । फागुन ५ गते रुद्री पूजा र ६ गते बलि पूजा हुने छ ।

कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने बिस्वाश रहेको छ ।

कास्की, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही बर्दीया, लमजुङ, झापा लगायतका देशका विभिन्न जिल्लाबाट तिवारी बन्धुहरु पूजामा सहभागी हुने गरेका छन् । विगतका कुल पूजामा भारतबाट समेत सहभागी आउने गरेको इतिहास छ ।

  • १७ माघ २०७८, सोमबार ११:२९ प्रकाशित