यस्तो छ आजको मौसम !

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ।

  • १७ माघ २०७८, सोमबार ०९:०५ प्रकाशित