पोखरा ।
गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको मृत्यु भएको छ। तनहुँ जिल्ला व्यास नगरपालिका ११ का ४० वर्षीय संक्रमित महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६२७ संक्रमित निको हुदाँ २८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
५४२ जनाको परीक्षण गर्दा १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।संक्रमित हुनेमा कास्कीका १८७, मुस्ताङका २, म्याग्दीका ८,लमजुङका ३, तनहुँका १०, नवलपरासीका १७, बागलुङका ४५,पर्वतका १ र स्याङ्जाका १७ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९८ हजार ७२० पुगेको छ भने निको हुनेको संख्या ९० हजार ५५३ रहेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ७६ हजार ३८९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ६ हजार ७३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ६४५ जना होम आइसोलेसनमा रहेका छन् ।