थप ३२ संक्रमितको मृत्यु, ३५४० जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय देशभर थप ३२ संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन गर्ने नियमित प्रेस व्रिफिङमा देशभर थप ३२ जनाको ज्यान गएको जानकारी दिएको हो ।

यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • १६ माघ २०७८, आईतवार १६:४७ प्रकाशित