निर्वाचन मौलिक हक हो, कुनै बहानामा सार्नु हुदैँन : शेखर कोइराला

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै बहानाबाजी गरि निर्वाचन सार्न नहुने बताएका छन् ।

समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले स्थानीय तह निर्वाचन कुनै बहानामा सार्न नहुने बताएका हुन् ।

सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उनले बताए।आज विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरेका थिए।

  • १६ माघ २०७८, आईतवार १६:१६ प्रकाशित