एसनिकट सरकारी कर्मचारीको छुट्टै संगठन,अध्यक्षमा मोहन घिमिरे

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीनिकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको हो ।

शनिवार सम्पन्न विशेष राष्ट्रिय भेलाले मोहन घिमिरेको अध्यक्षतामा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा गरेको हो । घिमिरे यसअघि निजामति कर्मचारी संगठनको अध्यक्ष रहिसकेका थिए ।

विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा सक्रिय रहेका छन् । नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।

संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

  • १६ माघ २०७८, आईतवार १४:२३ प्रकाशित