दबाबमा देउवा, सत्तारुढ दलहरुको बैठकले के निर्णय गर्ला ?

केन्द्रभाग मिडिया

पोखरा ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, निर्वाचन आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र स्वयम आफ्नै पार्टी नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब बढाउँदा प्रधामन्त्री देउवा चेपुवामा परेका छन् ।

सत्तारुढ गठबन्धनका अन्य दल भने बैशाखमा निर्वाचन नभई कानून संसोधन नै गरेर केही समय पर धकेल्ने दाउमा रहँदा देउवा चेपुवामा परेका हुन् ।

आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले संविधान अनुसार नै चुनाव गर्ने निर्णय लिने तयारी भएको प्रधानमन्त्री देउवानिकट स्रोतले जनाएको छ।

२०७४ वैशाख, असार र असोज गरी तीन चरणमा भएको निर्वाचनलाई एकै पटक गर्ने उपायसहितको सुझाव प्रधानमन्त्रीलाई पनि बुझाइएको छ । यो सुझावमा आगामी कात्तिकभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

नेपालको संविधान २०७२ को धारा २२५ गरिएको व्यवस्था र स्थानीय तह ऐन २०७३ को (३) मा गरिएको व्यवस्था बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव अनुसार प्रक्रिया अघि बढाउन गठबन्धनको बैठकमा छलफल गर्न लागिएको छ ।

अर्को, कात्तिकमा चुनाव गर्ने भएपछि वैशाख ३१ र असार १४ गते निर्वाचित जनप्रतिनिधिको पदावधि सकिएपछिको अवस्था के हुने भन्ने पनि निर्णय गरिनेछ ।

माघ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेताहरुले कानुनविद्सँग छलफल गर्दा पनि संविधानसँग बाझिएको ऐन संशोधन गर्न सुझाव दिएका थिए।

 

 

  • १५ माघ २०७८, शनिबार ०७:४२ प्रकाशित