काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् । कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’
एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो ।