हिमाली भेगमा भारी हिमपातः धारामा पानी जम्यो, हिउँ पगालेर पानी पिउँदै स्थानीय

केन्द्रभाग मिडिया

बैतडी ।
दार्चुलामा दुई दिनदेखि परेको भारी हिमपातले जनजिवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण धाराका पाइपमा पानी जम्दा स्थानीयले पानी खान पाएका छैन। पिउने पानीको विकल्प नभएपछि स्थानीयले हिउँ पगालेर पानी पिउने गरेको बताइएको छ।

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ ।

गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ ।

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ ।

  • १४ माघ २०७८, शुक्रबार १०:४७ प्रकाशित